Nepal APF School, Kirtipur

Call Directions Website Contact the business

Nepal APF School, Kirtipur Nepal Armed Police Force School established in the year 2062 B.S. is a non-profit making organization This is an English medium boarding school.

is a non-profit making organization with a view to imparting quality education to the children of APF personnel as well as the civilians. Nepal APF School is more than just a school; it is a home where each student is nurtured with love and care and then encouraged to discover and expand his inborn qualities. With the team of dedicated and self motivated teachers, the school attracts and accomodates the best deserving students from all over the country irrespective of their race, caste, religion or social status. Within a short history of this school, it has undergone several changes and has experienced many modes of achievements and challenges which have led the institution to the present situation. Now the school has classes from III to IX and it will produce its first ever batch of SLC in the academic year 2068.

सूचना!
24/09/2026

सूचना!

20/09/2026
🌟 नवआगन्तुक स्टाफ अभिमुखीकरण कार्यक्रम सम्पन्न 🌟नेपाल एपीएफ स्कुल, कीर्तिपुरमा हालसालै नियुक्त भई विद्यालय परिवारमा आबद्...
20/09/2026

🌟 नवआगन्तुक स्टाफ अभिमुखीकरण कार्यक्रम सम्पन्न 🌟
नेपाल एपीएफ स्कुल, कीर्तिपुरमा हालसालै नियुक्त भई विद्यालय परिवारमा आबद्ध हुनुभएका नयाँ स्टाफ सदस्यहरूका लागि आज Orientation Programme (अभिमुखीकरण कार्यक्रम) सञ्चालन गरियो।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाचार्य श्री पशुपति अर्यालज्यूले PowerPoint Presentation मार्फत विद्यालयको समग्र परिचय, शैक्षिक तथा प्रशासनिक संरचना, विद्यालयका मूल्य–मान्यता, कार्यपद्धति, विद्यार्थीकेन्द्रित अभ्यास तथा विद्यालयका विविध गतिविधिका बारेमा संक्षिप्त एवं जानकारीमूलक प्रस्तुति दिनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाचार्य श्री युवराज पराजुलीज्यू तथा विद्यालय समादेशक सशस्त्र प्रहरी उपरीक्षक श्री लेखनाथ खनालज्यूले नवआगन्तुक स्टाफ सदस्यहरूबाट विद्यालयमा थप उत्साह, जोस, जाँगर, सिर्जनशीलता र नयाँ अनुभवहरूको योगदान प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँहरूले नव नियुक्त सम्पूर्ण स्टाफ सदस्यहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दै सफल, सुखद र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।
नयाँ सदस्यहरूको ऊर्जा, अनुभव र सिर्जनशीलतालाई संस्थाको लक्ष्यसँग जोड्दै विद्यार्थीको सिकाइ, अनुशासन, संस्कार र सर्वाङ्गीण विकासमा थप योगदान पुर्‍याउने विश्वास विद्यालयले लिएको छ।

🪁✨ आकाशमा चङ्गा, मनमा उमङ्ग! ✨🪁KITE FESTIVAL 2083दशैँ–तिहारजस्ता नेपाली मौलिक चाडपर्वहरूको आगमनसँगै नेपाली आकाशमा चङ्गा ...
20/09/2026

🪁✨ आकाशमा चङ्गा, मनमा उमङ्ग! ✨🪁
KITE FESTIVAL 2083
दशैँ–तिहारजस्ता नेपाली मौलिक चाडपर्वहरूको आगमनसँगै नेपाली आकाशमा चङ्गा उडाउने परम्पराले छुट्टै रौनक थप्ने गर्दछ। यही नेपाली संस्कृति, परम्परा र उत्सवको भावनालाई आत्मसात् गर्दै नेपाल एपीएफ स्कुल, कीर्तिपुरमा आज रमाइलो तथा उत्साहपूर्ण Kite Festival (चङ्गा उत्सव) आयोजना गरियो।
विद्यार्थीहरूले खुला आकाशमा रंगीबिरंगी चङ्गा उडाउँदै खुसी, उमङ्ग र उत्साह साटासाट गरे। चङ्गासँगै उडेको विद्यार्थीहरूको हाँसो, उत्साह र उल्लासले विद्यालय परिसरलाई नै चाडपर्वमय बनाएको थियो। 🪁🎉
यस उत्सवले विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्त्व बुझ्ने तथा पुस्तान्तरण गर्ने अवसर समेत प्रदान गरेको छ।
🌈 चङ्गा उडाऔँ, संस्कृति जोगाऔँ!
🎊 परम्परासँग जोडिँदै, खुसीसँग अघि बढौँ!

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित तेक्वान्दो ग्रेडिङ कार्यक्रममा हाम्रो विद्यालयका प्रतिभाशाली विद्यार्थी द्वय...
20/09/2026

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित तेक्वान्दो ग्रेडिङ कार्यक्रममा हाम्रो विद्यालयका प्रतिभाशाली विद्यार्थी द्वय राज वि.क. र संगम खड्काले उत्कृष्ट प्रदर्शन गर्दै सेकेन्ड डान (Second Dan) मा पदोन्नति हुन सफल भएका छन्।
यो उपलब्धि उनीहरूको निरन्तर अभ्यास, अनुशासन, लगनशीलता र आत्मविश्वासको परिणाम हो। यस सफलताका लागि दुवै विद्यार्थीलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना! 🎉👏

🏏 Nepal APF School Secures a Fantastic Victory! 🇳🇵Today, on 2083/06/03 (Bikram Sambat), a friendly cricket match was pla...
19/09/2026

🏏 Nepal APF School Secures a Fantastic Victory! 🇳🇵
Today, on 2083/06/03 (Bikram Sambat), a friendly cricket match was played between Nepal APF School and Nepal APF Headquarters Grassroots.
Nepal APF School won the toss and elected to bowl first. Nepal APF Headquarters Grassroots delivered an excellent batting performance in the 20-over match, setting a respectable target of 109 runs.
In reply, Nepal APF School successfully chased the target, scoring 110 runs in 18.2 overs while losing 6 wickets, and secured a fantastic victory.

19/09/2026
जरुरी सूचना!
18/09/2026

जरुरी सूचना!

🕉️ आस्था, संस्कार र सकारात्मक ऊर्जासँग विद्यार्थीहरूको आत्मीय भेट 🙏सप्ताहन्त बिदाका अवसरमा अधिकांश विद्यार्थीहरू घर गएको...
14/09/2026

🕉️ आस्था, संस्कार र सकारात्मक ऊर्जासँग विद्यार्थीहरूको आत्मीय भेट 🙏
सप्ताहन्त बिदाका अवसरमा अधिकांश विद्यार्थीहरू घर गएको भए पनि विद्यालयमा रहेका विद्यार्थीहरूलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक अनुभूति प्रदान गर्ने उद्देश्यले आज चोभारस्थित गणेश मन्दिर तथा दक्षिणकाली मन्दिरको दर्शन तथा भ्रमण गराइएको छ।
विद्यार्थीहरूले श्रद्धापूर्वक मन्दिरमा पूजा–आराधना तथा दर्शन गर्दै नेपाली मौलिक धर्म, संस्कृति र परम्पराबारे प्रत्यक्ष अनुभव हासिल गरे। यस भ्रमणले विद्यार्थीहरूमा आस्था, संस्कार, अनुशासन, सकारात्मक सोच तथा हाम्रो मौलिक संस्कृतिप्रतिको सम्मान अझ अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
विद्यालयमा रहँदा पनि विद्यार्थीहरूले अध्ययनसँगै आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक पक्षको ज्ञान र अनुभव प्राप्त गरून् भन्ने उद्देश्यले यस्ता गतिविधिहरूलाई निरन्तरता दिइनेछ।
“संस्कारयुक्त शिक्षा नै मानव उत्कृष्टताको आधार हो।”

Address

School
Kirtipur

Alerts

Be the first to know and let us send you an email when Nepal APF School, Kirtipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal APF School, Kirtipur:

Shortcuts

Share