24/01/2026
प्रिय साथिहरु !
चुनाव हुँदैन,यो सरकार विदेशी डिजाइनमा बनाइएको हो भन्ने एमाले हुन या Zen -Z आन्दोलन आफुलाई जेल मुक्त पार्न गरिएको हो भन्ने रबि हुन, अझ
आन्दोलन गर्न उस्काएर सहिदका लास जलाउन नजाने हस्पिटलमा बिरामी भेट्न नजाने बालेन नै, कमजोर नेतृत्वलाई मात्र दोष दिने आफू चोखो देखिन खोज्ने गगनहरु या आफ्नो कुराको ठेगान नभएका छेपारो स्वभावका प्रचण्डहरु ;
जे होस चुनावी माहोल बिस्तारै बनेको छ । चुनावबाट नै अहिलेको संबैधानिक शुन्यता र अहिलेको संक्रमणकाल सकिने छ , अहिलेको सरकार पुर्ण रुपमा सफल हुने छ ।
माथी भनिएका सबै तर्फका नराम्रा पक्षहरु अब परिवर्तन भएको छ । एमाले चुनावी मैदानमा छ,रबि बालेन एकीकरण पश्चात पहिलो दल बन्ने दौडमा छन, गगन दोस दिने हैन जवाफ दिए ठाँउमा, प्रचण्डहरु माओवाद त्यागेर पतनको बाटोमा ।
चुनाव पछि साच्चै परिवर्तन आउँछ ?
हामी नेपाली मतदान गर्दै गर्दा ती रगत ले लतपतिएका हाम्रा भाइहरु सम्झन्छौ ?
ती सिंह दरबार , अदालत र सरकारी सम्पती जलाउने हरु पहिचान गर्न सक्छौ ?