16/07/2020
बधाई तथा शुभकामना ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा जारी
प्रेश बिज्ञप्ती
वैदेशिक रोजगार ऐन २०६४ मा २०७५/११/१९ देखि लागु भएको संशोधित व्यवस्था बमोजिम ईजाजतपत्रवाला संस्थाले बार्षिक १०० जना कामदार पठाएको हुनु पर्ने भन्ने सम्वन्धमा संशोधित कानुन क्रियासील हुन गई बार्षिक १०० जना कामदार पठाउन असमर्थ रहेका ईजाजतपत्रवाला संस्थाहरुको ईजाजत नबीकरणमा उत्पन्न भएको समस्यालाई दृष्टिगत गरी आ.ब. २०७५/०७६ का हकमा २०७५ जेष्ठ २ गते देखि १७ महिना सम्म मलेशियाको श्रम स्विकृति नेपाल सरकारबाटै बन्द गरिएको साथै २०७५/११/१९ देखि संशोधित व्यवस्था लागु भएको हुँदा उल्लेखित आ.ब.मा ४ महिना ११ दिनको बाकी अवधिमा १ बर्षमा पु¥याउनु पर्ने कामदार संख्या पु¥याउन असम्भब हुन गएको कारण र आ.ब. २०७६/०७७ का हकमा कोभिड १९ को महामारीका कारणबाट गन्तव्य मुलुकका साथै नेपालमा समेत सरकाबाटै लकडाउन घोषित गरिएका कारणबाट अधिकांश ईजाजतपत्रवाला संस्थाहरु बार्षिक १०० जना कामदार पु¥याउन असमर्थ रहेका कारण आ.ब. २०७६/०७७ सम्मकै लागि छूट प्रदान गरी ईजाजत नबीकरण गर्ने व्यवस्था गर्न हुन अनुरोध गर्दै यस नेपाल बैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बिभाग एवम् श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष माग प्रस्तुत गरी तत्सम्वन्धमा विगत सात महिना देखि बिभाग, मन्त्रालय, माननीय मन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीको कार्यालय समेतमा सम्पर्क कायम गरी अनवरत रुपमा प्रयत्नसिल रहेकोमा वैदेशिक रोजगार बिभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, माननीय मन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीको कार्यालय, नेपाल सरकार मुख्यसचिबको कार्यालय, राजनैतिक दलहरु, राजनैतिक दलका पदाधिकारीहरु, वैदेशिक रोजगार व्यवसायी सम्बद्ध भई स्थापित भएका हाल संचालित सबै वैदेशिक रोजगार व्यवसायी संघ/समाज/संस्थाहरु, पत्रकार र कानुन व्यवसायीहरु समेतबाट भएको सकारात्मक सहयोगको फलस्वरुप नेपाल सरकार मन्त्रीपरिषदबाट मिति २०७७/३/२९ मा निर्णय भई इजाजत नबिकरणका निमित्त बार्षिक १०० जना कामदार पु¥याउनु पर्ने सम्वन्धमा आ.ब. २०७६/७७ सम्मकै लागि छूट प्रदान भएको र “आ.ब. २०७८/७९ का लागी नबिकरण गर्दा इजाजतपत्रवाला संस्थाले आ.ब. २०७६/७७ देखि सम्वत् २०७८ साल असार मसान्त भित्रमा कुल २०० जना कामदार पठाएको हुनु पर्ने” प्रस्ताब मन्त्रीपरिषदबाट निर्णय भएको हुदा सम्पूर्ण बैदेशिक रोजगार व्यवसायीहरुलाई सहर्ष जानकारी गराउँदै सहयोग प्रदान गर्नु हुने माथि उल्लेखित निकाय,संस्था तथा महानुभाबहरु प्रति हार्दिक आभार व्यक्त गर्दै यस संघका तर्फबाट धन्यबाद ज्ञापन गदैछौ ।
सुजित कुमार श्रेष्ठ
महासचिब