31/08/2026
🙏 मानवीय सेवामा सानो साथ 🙏
हालै आएको बाढीबाट प्रभावित परिवार तथा बाढीपीडित दाजुभाइ–दिदीबहिनीहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले Ambe International H.R. Nepal Pvt. Ltd. को तर्फबाट आवश्यक सहयोग उपलब्ध गराएका छौँ।
दुःख र विपत्तिको समयमा एकअर्काको साथ र सहयोग नै सबैभन्दा ठूलो मानवता हो। हाम्रो यो सानो प्रयासले पीडित परिवारहरूलाई केही राहत मिलोस् भन्ने कामना गर्दछौँ।
बाढीपीडित सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै शीघ्र सामान्य जीवनमा फर्किन सकून् भन्ने शुभकामना। 🙏