21/08/2026
KHUSHI लाई विश्वास गरेर यहाँसम्मको यात्रामा हातेमालो गर्दै हामीलाई अगाडि बढ्न प्रेरित गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
यस अवधिसम्म हामीले गरेका हरेक काममा यहाँहरूले जुन रूपमा साथ, सहयोग, माया र विश्वास प्रदान गर्नुभयो, त्यसैको प्रतिफल र हौसलाले आज हामी KHUSHI Food पनि लिएर यहाँहरूमाझ आएका छौँ।
आगामी दिनमा पनि यहाँहरूको माया, साथ र विश्वास हामीलाई अझै खाँचो पर्नेछ। यही विश्वासलाई आत्मसात् गर्दै हामी नयाँ यात्रातर्फ अघि बढिरहेका छौँ।
विदेशी भूमिमा नेपाली स्वादको न्यास्रो मेटाउन तथा गाउँ–दुर्गम क्षेत्रमा बसोबास गर्नुहुने नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरूको लागि हाम्रो यो सानो प्रयासले केही हदसम्म भए पनि राहत र खुसी प्रदान गर्नेछ भन्ने विश्वास लिएका छौँ।
अब हामी तपाईंहरूको घरदैलोमै नेपाली स्वाद पस्किन तयार छौँ। ❤️🇳🇵
हिजोसम्म
“तपाईंहरूको KHUSHI नै हाम्रो KHUSHI”
थियो, अब
“अर्को एउटा KHUSHI, हाम्रो तर्फबाट”
यहाँहरूमाझ बाँड्ने समय आएको छ। ❤️
यहाँहरूले दिनुभएको माया, विश्वास, साथ र सहयोगका लागि सम्पूर्ण KHUSHI परिवारको तर्फबाट पुनः हार्दिक आभार तथा धन्यवाद।
📌 KHUSHI Food सम्बन्धी जानकारी
कसरी अर्डर गर्ने?�KHUSHI Food ले कसरी काम गर्छ?�के–के परिकार उपलब्ध छन्?�अर्डर तथा डेलिभरी प्रक्रिया के हो?
यी सम्पूर्ण जानकारी तथा नयाँ–नयाँ अपडेटहरूका लागि हाम्रो Facebook, TikTok तथा YouTube च्यानल हेर्नुहुन अनुरोध गर्न चाहान्छौँ।
आगामी दिनहरूमा पनि हामी निरन्तर नयाँ जानकारी र अपडेटहरू लिएर आउनेछौँ।
सम्पूर्ण KHUSHI परिवार ❤️
Disclaimer: Due to competitive market, we publish minimum requirement vacancy detail of the company. so, it is not any kind of fraud and scam . Candidate who wants to know more please contact us Directly.