01/01/2026
इमानदारी, पारदर्शिता, उत्तरदायित्व र श्रमिकको सम्मान हाम्रो मूल मान्यतालाई आत्मसात गर्दै हामी मञ्जु रोजगार सेवा ले मिति १ जनवरी २०२५ का दिन भारतको हैदराबादबाट आफ्नो सेवा यात्रा सुरु गरेको थियो। एक वर्षको अवधिमा प्राप्त विश्वास, सहयोग र अनुभवले हामीलाई थप जिम्मेवार र सक्षम बनाएको छ।
यसै यात्राको निरन्तरतामा आज भारतको बैंगलोर बाट पनि सेवा विस्तार गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्वान्वित छौं । आजको मिति एक जनवरी 2026 देखि मञ्जु रोजगार सेवा बैंगलोरबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ।
बैंगलोर कार्यालयको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी कार्यकारी निर्देशकको रूपमा पहल नगार्जि जी 📞 +91 77950 73252 दीपक राज आचार्य जी 📞 +91 97395 66170 ले सम्हाल्नु भएकोमा उहाँहरूप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौं । बैंगलोर तथा आसपासका क्षेत्रमा रोजगारीको खोजीमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले रोजगारी सम्बन्धी जानकारी, परामर्श तथा सेवाका लागि उपर्युक्त सम्पर्क नम्बरहरूमा निःसंकोच सम्पर्क गर्न सक्नुहुनेछ।
यस महत्वपूर्ण यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, समर्थन, विश्वास र शुभेच्छा प्रदान गर्नु हुने सम्पूर्ण सहयोगी, शुभेच्छुक, साथीभाइ तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि मञ्जु रोजगार सेवा ले आफ्ना मूल्य र जिम्मेवारीप्रति दृढ रहँदै अझ सुरक्षित, विश्वासिलो र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
— रतन बहादुर विश्वकर्मा
संस्थापक, प्रबंधक निर्देशक
मञ्जु रोजगार सेवा प्रालि भारत
📞 82196 88446
Pahal NG दिपक राज आचार्य