Rastra Darpan Network

Rastra Darpan Network विश्वसनीय समाचार, ताजा अपडेट र सत्य तथ्य प्रस्तुत गर्ने तपाईंको आफ्नै मञ्च।राष्ट्र दर्पण नेटवर्क – सत्यको प्रतिबिम्ब।
(21)

18/05/2026

बालेन सरकारलाई ठिक छ भन्नु पर्ने के छ भन्दै आए आरेन

18/05/2026

रमेश प्रसाईंले गरे अर्थमन्त्री स्वर्णिम वाग्लेको तारिफ।

18/05/2026

संगठित हुने अधिकार नै कुण्ठित गर्न खोजे।

18/05/2026

जब राज्य लोभी र निर्दयी भएर जनतालाई दुःख दिन थाल्छ, त्यो राज्य विनाशतिर जान्छ।

18/05/2026

तिम्रो रगत र मेरो रगत पानी, यो कस्तो बेइमानी ।

18/05/2026

बालेनले पाइन्ट लगाउने बित्तिकै त्यस्तै पाइन्ट किन्न जाने मान्छे पटमूर्ख हो।

18/05/2026

संसद्‍मा विरोध गर्न श्रम संस्कृति पार्टीको नयाँ शैली, पर्चा देखाएपछि सभामुखको आपत्ति

आमा भेट्न जेल जाँदा कैदीसँग प्रेम: प्रेमीकै उक्साहटमा कारागारबाट भागेकी सपना पुनः फन्दामाकाठमाडाैं। सुन्धारास्थित केन्द्...
18/05/2026

आमा भेट्न जेल जाँदा कैदीसँग प्रेम: प्रेमीकै उक्साहटमा कारागारबाट भागेकी सपना पुनः फन्दामा

काठमाडाैं। सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) को महिला बन्दीगृहबाट शुक्रबार नाटकीय रूपमा फरार भएकी कैदी सपना तामाङलाई प्रहरीले आइतबार राति पुनः पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई असनस्थित उनका प्रेमीको कोठामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो।

नुवाकोटको विदुर नगरपालिका-१३ स्थायी घर भएकी २५ वर्षीया सपना अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेकी थिइन्।

अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार सपनाको जेलभित्रै रहँदा भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग प्रेम सम्बन्ध गाँसिएको थियो।

समीरकी आमा पनि सोही कारागारमा सजाय भुक्तान गरिरहेकी हुनाले आमालाई भेट्न निरन्तर जेल जाने क्रममा समीर र सपनाबीच चिनजान भई प्रेम झाँगिएको प्रहरीको भनाइ छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेमी समीरकै योजना, सहयोग र उक्साहटमा सपना कारागारको सुरक्षा घेरा तोडेर भाग्न सफल भएको खुलेको छ। कारागार प्रशासनलाई चकित पार्दै फरार भएलगत्तै उनीहरू दुवै जना ‘रमाइलो गर्ने’ योजनासहित असनस्थित समीरकै डेरामा पुगेर बसेका थिए।

केन्द्रीय कारागारका प्रशासक (जेलर) कृष्ण चापागाईंले पक्राउ परेकी फरार कैदी सपना तामाङलाई सोमबार पुनः कारागार फिर्ता ल्याएर सुरक्षित रूपमा राखिएको जानकारी दिएका छन्।

कैद भुक्तान गरिरहेकी बन्दीलाई जेलबाट भगाउन मतियारोको भूमिका खेल्ने उनका प्रेमी समीर श्रेष्ठलाई पनि नियन्त्रणमा लिई प्रहरीले थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ। अब सपनाले फरार भएबापत थप कानुनी सजायको समेत सामना गर्नुपर्नेछ।

अस्तित्वको कूटनीतिदेखि सभ्यतागत आत्मविश्वासतर्फ: राष्ट्रिय स्वतन्त्र पार्टीको सम्भावित नयाँ दृष्टिकोणविश्व राजनीति अहिले...
18/05/2026

अस्तित्वको कूटनीतिदेखि सभ्यतागत आत्मविश्वासतर्फ: राष्ट्रिय स्वतन्त्र पार्टीको सम्भावित नयाँ दृष्टिकोण

विश्व राजनीति अहिले केवल सीमाको राजनीतिमा सीमित छैन। राष्ट्रहरूको शक्ति अब ट्यांक र सेनाले मात्र निर्धारण गर्दैन, बल्कि प्रविधि, आपूर्ति शृङ्खला, जलस्रोत, तथ्यांक, जनसाङ्ख्यिकी, आप्रवासन, जलवायु संकट, कृत्रिम बुद्धिमत्ता र आर्थिक अन्तरनिर्भरताले नयाँ शक्ति संरचना निर्माण गरिरहेका छन्।

यस्तो संक्रमणकालीन समयमा नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय सम्बन्ध कुनै परराष्ट्र मन्त्रालयको सीमित विषय मात्र होइन। यो राष्ट्रको अस्तित्व, स्वाभिमान, आर्थिक भविष्य र सभ्यतागत निरन्तरतासँग प्रत्यक्ष जोडिएको प्रश्न हो।

नेपाल लामो समयसम्म दुई विशाल शक्तिका बीचमा रहेको सन्तुलनको भूगोलका रूपमा व्याख्या हुँदै आयो। तर एक्काइसौँ शताब्दीको यथार्थले एउटा गम्भीर प्रश्न उठाएको छ कि नेपाल केवल अरूको रणनीतिक नक्सामा रहेको एउटा मध्यवर्ती क्षेत्र मात्र हो, कि आफ्नै वैचारिक, आर्थिक र कूटनीतिक हैसियत निर्माण गर्न सक्ने स्वायत्त राष्ट्र हो?

आज नेपाली समाजमा गहिरो निराशा छ र युवाहरू विदेशिन बाध्य छन्। राष्ट्रिय संस्थाहरूमाथिको विश्वास कमजोर हुँदै गएको छ भने राजनीति अक्सर तत्कालीन सत्ता समीकरणमा सीमित देखिन्छ। विदेश नीति दीर्घकालीन राष्ट्रिय दृष्टिकोणको विषय बन्न सकेको छैन।

यही पृष्ठभूमिमा पुरानो राजनीतिक संस्कारमाथि उठेको एउटा प्रश्नको उत्तरका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो नयाँ राजनीतिक शक्तिका लागि अवसर देखा परेको हो। अब प्रश्न केवल कसले सरकार बनाउँछ भन्ने होइन, बरु नेपालले विश्वसँग आफ्नो सम्बन्ध कसरी पुनःपरिभाषित गर्छ भन्ने हो।

नेपालको विदेश नीति लामो समयसम्म सन्तुलन शब्द वरिपरि घुम्यो, तर व्यवहारमा त्यो सन्तुलन धेरैपटक प्रतिक्रियात्मक मात्र भयो, रणनीतिक हुन सकेन। राज्यको संस्थागत क्षमता कमजोर हुँदा विदेश नीति अक्सर व्यक्तिनिष्ठ, सरकार परिवर्तनमुखी र अल्पकालीन स्वार्थद्वारा प्रभावित रह्यो।

हाम्रा कूटनीतिक कमजोरीका मूल कारणहरूमा स्पष्ट राष्ट्रिय हितको अभाव, संस्थाभन्दा व्यक्तिमा आधारित कूटनीति र आर्थिक कूटनीतिको कमजोरी रहेका छन्।

परराष्ट्र नीति भावुकताले होइन, राष्ट्रिय हितले निर्देशित हुन्छ भन्ने मान्यता विपरीत नेपालमा विदेश नीति धेरैपटक भावनात्मक प्रतिक्रिया र क्षणिक राष्ट्रवादमा सीमित रह्यो। आजको विश्वमा लगानी, व्यापार, प्रविधि र मानव पूँजीमार्फत राष्ट्रहरूले आफ्नो प्रभाव बढाइरहेका छन्, तर नेपाल अझै सहायता निर्भर मानसिकताबाट बाहिर निस्कन सकेको छैन।

यस सन्दर्भमा विश्वभर छरिएका लाखौँ नेपालीहरू नेपालका अमूल्य रणनीतिक सम्पत्ति हुन्। राज्यसत्ताले उनीहरूलाई केवल विप्रेषण पठाउने मेसिन र विदेशी मुद्रा आर्जन गर्ने तथ्याङ्कको रूपमा मात्र बुझ्ने ऐतिहासिक भूल गर्‍यो।

उनीहरू केवल श्रमका निर्यात होइनन्, बरु विश्वका उत्कृष्ट विश्वविद्यालय, व्यावसायिक प्रतिष्ठान र प्रविधिका केन्द्रहरूमा खारिएर बसेका बौद्धिक र आर्थिक पूँजी हुन्। अबको हाम्रो परराष्ट्र र राष्ट्रिय सुरक्षा नीतिले यो अथाह शक्तिलाई विदेशमै खेर जान दिने प्रतिभा पलायनको पुरानो र निराशाजनक भाष्यलाई पूर्ण रूपमा त्याग्नुपर्छ।

त्यसको सट्टा उनीहरूको विश्वव्यापी सञ्जाल, पूँजी र ज्ञानलाई स्वदेशको पूर्वाधार र आर्थिक रूपान्तरणसँग जोड्ने बौद्धिक सञ्चारको आधुनिक नीति अख्तियार गर्नुपर्छ। जबसम्म राज्यले उनीहरूलाई नीति निर्माणको मूलधारमा हिस्सेदार बनाउँदै पूर्ण मताधिकार सुनिश्चित गर्दैन, तबसम्म यो विश्वव्यापी रणनीतिक सम्पत्तिको वास्तविक लाभांश नेपालले प्राप्त गर्न सक्दैन।

अहिलेको विश्व एकध्रुवीय छैन। अमेरिका शक्तिशाली छ, तर चीन तीव्र रूपमा उदाउँदैछ र भारत क्षेत्रीय शक्ति बन्ने यात्रामा छ। यस्तो अवस्थामा नेपालले केवल तटस्थता दोहोर्‍याएर मात्र पुग्दैन, बरु असाधारण कूटनीतिक चातुर्य र बुद्धिमत्तापूर्ण सक्रियता आवश्यक छ।

यदि राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय पुनर्निर्माणको रणनीतिक उपकरणका रूपमा बुझ्न सक्यो भने नेपालले नयाँ दिशा पाउन सक्छ। यसका लागि नयाँ विदेश नीतिमा विभिन्न मुख्य आयामहरू आवश्यक छन्। पहिलो आयाम निष्क्रिय सन्तुलनभन्दा सक्रिय बहुआयामिक राष्ट्रिय हितको बाटो हो।

भारतसँग हाम्रो इतिहास, खुला सीमा, संस्कृति र अर्थतन्त्र जोडिएको छ भने चीनसँग पूर्वाधार, व्यापार र क्षेत्रीय रणनीतिक अवसर जोडिएका छन्। त्यसैगरी अन्य पश्चिमा मुलुकहरू शिक्षा, प्रविधि र बजारका स्रोत हुन्।

नेपालले कसैको विरोधमा होइन, आफ्नै हितका आधारमा भारतसँग परिपक्व पारस्परिकता र चीनसँग रणनीतिक सावधानीसहितको सहकार्य गर्दै आफ्नो भूगोललाई सम्भावनाका रूपमा हेर्न सक्नुपर्छ।

दोस्रो आयाम आर्थिक कूटनीतिलाई विदेश नीतिको केन्द्रमा राख्नु हो। विदेश नीति केवल संयुक्त राष्ट्रसङ्घको भाषण होइन, यो रोजगारी, लगानी, पर्यटन, प्रविधि र बजारसँग जोडिएको विषय हो।

नेपालले हरित ऊर्जा, जलस्रोत, हिमाली पर्यटन, डिजिटल सेवा, कृषि प्रशोधन र योग एवं स्वास्थ्य पर्यटन जस्ता रणनीतिक क्षेत्र पहिचान गरी सहायता कूटनीतिबाट लगानी र नवप्रवर्तन कूटनीतिमा रूपान्तरण हुनुपर्छ।

तेस्रो आयाम विश्वभर रहेका नेपालीहरूलाई रणनीतिक साझेदार बनाउनु हो। प्रवासी नेपालीहरूको प्रतिभा नेटवर्क, डायस्पोरा लगानी मञ्च र नीतिगत फेलोसिप जस्ता अवधारणामा काम गरेर उनीहरूको ज्ञान र पूँजीलाई राष्ट्रिय पुनर्निर्माणमा जोड्न सकियो भने त्यो नेपालको सबैभन्दा ठूलो नरम शक्ति बन्न सक्छ।

चौथो आयाम ज्ञान र सभ्यताको नरम शक्ति परिचालन हो। नेपाल बुद्धको भूमि, हिमालको सभ्यता र पूर्वीय दर्शनको अनुपम सङ्गम हो। नेपालले हिमाली कूटनीति, बौद्ध परिपथ कूटनीति र जलवायु कूटनीतिमार्फत विशिष्ट अन्तर्राष्ट्रिय पहिचान र नैतिक भूगोल निर्माण गर्न सक्छ।

पाँचौँ आयाम सक्षम र पेशेवर कूटनीतिक संरचनाको विकास हो। नेपाललाई अब अनुसन्धानमा आधारित कूटनीति, तथ्याङ्कमा आधारित वार्ता र बहुभाषिक रणनीतिक सञ्चार आवश्यक छ। राजदूत नियुक्ति केवल राजनीतिक भागबण्डाको विषय बन्नु हुँदैन र यसका लागि वैदेशिक नीति पारिस्थितिक प्रणाली निर्माण गर्नुपर्छ।

जलवायु परिवर्तन नेपालका लागि नयाँ कूटनीतिक अवसर पनि हुन सक्छ। नेपालले पर्वतीय राष्ट्रहरूको नेतृत्व गर्दै जलवायु वित्त, हिमाल संरक्षण र जल सुरक्षा संवादमा निर्णायक भूमिका खेल्न सक्छ।

यसका साथै नयाँ पुस्ता प्रविधि, विश्व राजनीति र विश्व श्रम बजारसँग प्रत्यक्ष जोडिएकाले विदेश नीति अब सम्भ्रान्त वर्गको कुराकानी मात्र रहनु हुँदैन। युवाहरूलाई नीति अनुसन्धान र अन्तर्राष्ट्रिय वार्ता संस्कृतिमा जोड्न जरुरी छ।

नेपालले धेरै समयसम्म घटनापछि प्रतिक्रिया दिने राजनीति गर्‍यो, तर विश्व तीव्र गतिमा बदलिँदैछ। कृत्रिम बुद्धिमत्ता, जल संकट र साइबर सुरक्षा जस्ता विषयले भविष्यको शक्ति संरचना बदल्दैछन्। यसकारण अब तत्कालीन सरकारभन्दा माथि उठेर राष्ट्रिय रणनीतिक दृष्टिकोण निर्माण गर्नुपर्छ।

हरेक पुस्तामा एउटा राजनीतिक क्षण आउँछ, जहाँ नयाँ शक्तिले सोच बदल्ने अवसर पाउँछ। राष्ट्रिय स्वतन्त्र पार्टीको अगाडि अहिले त्यस्तै अवसर छ। यदि यो शक्ति पनि पुरानै सत्ता व्यवहार, व्यक्तिवाद र अल्पकालीन लोकप्रियतामा सीमित भयो भने इतिहासले यसलाई अर्को क्षणिक प्रयोगका रूपमा सम्झनेछ।

तर यदि यसले संस्थागत राजनीति, दीर्घकालीन नीति, ज्ञानमा आधारित नेतृत्व र आधुनिक राष्ट्र निर्माणको दृष्टिकोण अँगाल्न सक्यो भने नेपालले वास्तवमै नयाँ राजनीतिक संस्कार पाउन सक्छ। नेपाल अब केवल एउटा सीमान्तकृत भूगोल होइन, विश्वमञ्चमा एउटा सार्वभौम दृष्टिकोण बन्नुपर्छ। इतिहास साक्षी छ कि भयानक साम्राज्यवादी शक्ति संघर्षहरूको बीचमा पनि यो भूमि कहिल्यै कसैको उपनिवेश बनेन।

हाम्रो अस्तित्वको त्यो रक्षा केवल पुर्खाको अदम्य आत्मसम्मान र कूटनीतिक चातुर्यले गरेको थियो। आज एक्काइसौँ शताब्दीमा, त्यही ऐतिहासिक आत्मसम्मानलाई आधुनिक रणनीतिक सामर्थ्य र राष्ट्रिय शक्तिमा रूपान्तरण गर्ने युगीन दायित्व आएको छ।

अबको हाम्रो विदेश नीति माग्ने कचौरा र दातृ निर्भरताको हीनताबोधबाट मुक्त भएर विश्वसँग सम्मानजनक रणनीतिक साझेदारी गर्ने अग्रगामी कूटनीतितर्फ केन्द्रित हुनैपर्छ।

सिंहदरबारमा शक्ति केन्द्रीकरणको नयाँ अभ्यास: बालेनले बलियो बनाउँदै कमाण्डकाठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रत...
17/05/2026

सिंहदरबारमा शक्ति केन्द्रीकरणको नयाँ अभ्यास: बालेनले बलियो बनाउँदै कमाण्ड

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति अनुत्तरदायी बनेको भन्दै राजनीतिक वृत्त र नागरिक समाजमा उनको चर्को आलोचना सुरु भएको छ।

गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरिरहेका बेला प्रधानमन्त्री शाह एकाएक बैठक कक्षबाट बाहिरिएका थिए। कार्यपालिका प्रमुखको उक्त व्यवहारलाई लिएर विपक्षी दलहरूले यसलाई गम्भीर मुद्दा बनाएका छन्, जसले संसदीय मर्यादामाथि नै प्रश्न उठाएको छ।

विपक्षी दलहरूले उठाएका प्रश्नबारे राजनीतिक बहस भइरहेकै समयमा प्रधानमन्त्री शाहले ‘नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव संसद्मा आफैँ पेस गर्ने स्थापित संसदीय परम्परा समेत तोडिदिएका छन्।

यसका साथै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयम्‌ले दिनुपर्ने लोकतान्त्रिक अभ्यासलाई समेत उनले बेवास्ता गरेका छन्। प्रधानमन्त्री सदनमा उपस्थित नभएको विरोधमा प्रमुख प्रतिपक्षी दलहरूले गत बुधबार प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेका थिए।

तर, बिहीबार विपक्षी दलहरूको निरन्तर बहिष्कार र कडा विरोधका बाबजुद सभामुख डिपी अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित गराएका थिए।

प्रधानमन्त्री शाह संसद्प्रति जवाफदेही नभएको भन्दै प्रमुख प्रतिपक्षी दल, संसदीय मामिलाका जानकार र नागरिक समाजका अगुवाहरूले सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्। संसद्मा उठाइएका जनसरोकार र सार्वजनिक महत्त्वका विषयमा प्रधानमन्त्रीले स्पष्ट धारणा नदिएको र पटक-पटक बैठकमा अनुपस्थित रहेको भन्दै विपक्षी सांसदहरू आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्।

उनीहरूले प्रधानमन्त्री संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गराउँदै महँगी, बेरोजगारी, विकास आयोजनामा भइरहेको ढिलासुस्ती तथा सुशासनका सवालमा प्रधानमन्त्री मौन बसेको आरोप लगाएका छन्।

यता, सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले भने प्रधानमन्त्रीमाथि लगाइएका यी सबै आरोपहरू राजनीतिक रूपमा प्रेरित र नियोजित भएको भन्दै बचाउ गरेका छन्। तथापि, राजनीतिक विश्लेषकहरूले सरकार र संसद्सचिवलयबीचको संवाद कमजोर हुनु र कार्यपालिका प्रमुखले सदनलाई उपेक्षा गर्नुले लोकतान्त्रिक अभ्यास र पद्धतिमा नै दीर्घकालीन असर पर्ने चेतावनी दिएका छन्।

सदन र संसदीय समितिहरूमा विरलै देखिने प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जाल फेसबुकमा भने निकै सक्रिय रहने गरेका छन्। विपक्षी नेताहरूले प्रधानमन्त्री संसद् जस्तो गरिमामय स्थलमा निष्क्रिय रही फेसबुकमा मात्र सक्रिय भएको टिप्पणी गरेका छन्। उनीहरूले जनता र जनप्रतिनिधिले उठाएका प्रश्नको जवाफ सामाजिक सञ्जालको भित्ताबाट नभई सार्वभौम संसद्को रोस्टममै उभिएर दिनुपर्ने माग गरिरहेका छन्।

यसैबीच नेपालको राष्ट्रिय राजनीति र प्रशासनिक संयन्त्रमा समय-समयमा शक्ति सन्तुलन र शक्ति केन्द्रीकरणको विषयलाई लिएर ठूला बहसहरू चल्ने गरेका छन्। यसै सिलसिलामा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले राज्यका महत्वपूर्ण अङ्गहरूलाई आफ्नो प्रत्यक्ष निगरानीमा राखेर आफूलाई थप शक्तिशाली बनाउने रणनीतिक प्रयास थालेका छन्।

जस अन्तर्गत उनले देशको सुरक्षा र सूचना संयन्त्रको मेरुदण्ड मानिएको एक मात्र राष्ट्रिय गुप्तचर निकाय, राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई गृह मन्त्रालयको घेराबाट बाहिर निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने महत्वपूर्ण र दूरगामी निर्णय गरेका छन्। यो कदमलाई नेपाली राजनीतिमा कार्यपालिका प्रमुखले आफ्नो शक्ति र प्रभाव विस्तार गर्न खोजेको रूपमा गम्भीरतापूर्वक हेरिएको छ।

सरकारले हालै गरेको नेपाल सरकार (कार्यसम्पादन) नियमावलीको परिमार्जन र परिमार्जित नियमावली बुधबारको मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै यो नयाँ प्रशासनिक व्यवस्था कानुनी रूपमा लागू भएको हो। परिमार्जित नियमावलीको नयाँ व्यवस्था अनुसार अब राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयप्रति उत्तरदायी हुनुपर्ने छैन।

यसको सट्टा विभागका प्रमुखले सिधै प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयका तोकिएका अधिकारीलाई रिपोर्टिङ गर्नुपर्नेछ। यो परिवर्तनसँगै देशको आन्तरिक र बाह्य सुरक्षा, राजनीतिक गतिविधि, र रणनीतिक सूचनाहरूमाथि प्रधानमन्त्रीको सीधा पहुँच र नियन्त्रण स्थापित भएको छ, जसले प्रधानमन्त्रीको कार्यकारी भूमिकालाई प्रशासनिक रूपमा थप सुदृढ र अकाट्य बनाउने निश्चित छ।

ऐतिहासिक परिप्रेक्ष्यबाट हेर्ने हो भने, राज्यको गुप्तचर निकायलाई प्रधानमन्त्रीको मातहतमा लैजाने यो प्रयास नेपालको राजनीतिमा विल्कुलै नयाँ वा पहिलो भने होइन। यसअघि वि.सं. २०७४ सालको आम निर्वाचनपछि अत्यधिक बहुमतका साथ सत्तामा आएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो कार्यकालको सुरुवातमा नै राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग जस्ता महत्त्वपूर्ण र शक्तिशाली निकायहरूलाई गृह तथा अर्थ मन्त्रालयबाट खोसेर प्रधानमन्त्री कार्यालय मातहत राखेका थिए। त्यतिबेला ओलीको यो कदमको चौतर्फी विरोध र कडा आलोचना भएको थियो।

प्रतिपक्षी दलहरू, नागरिक समाज र सुरक्षाविद्हरूले तत्कालीन प्रधानमन्त्री ओलीमाथि शक्ति केन्द्रीकरण गर्न खोजेको, अधिनायकवादी शैली अपनाएको र लोकतान्त्रिक संस्थाहरूको स्वायत्ततामाथि प्रहार गरेको गम्भीर आरोप लगाएका थिए।

अहिले आएर प्रधानमन्त्री बालेन्द्र शाहले पनि तत्कालीन प्रधानमन्त्री ओलीकै पदचाप र शैलीलाई दुरुस्तै पछ्याउँदै गुप्तचर निकायलाई आफ्नो मातहत ल्याएपछि राजनीतिक र सुरक्षा वृत्तमा पुनः पुरानै संशय र बहस ब्युँझिएको छ। सुरक्षा मामिलाका जानकारहरूका अनुसार गुप्तचर निकाय गृह मन्त्रालय मातहत रहँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वय सहज हुन्थ्यो।

तर, यो निकायलाई प्रधानमन्त्री कार्यालय जस्तो विशुद्ध नीतिगत र प्रशासनिक केन्द्रमा लैजाँदा सूचनाको दुरुपयोग हुन सक्ने र राजनीतिक स्वार्थका लागि विपक्षीहरूको निगरानी गर्न संयन्त्रको प्रयोग हुन सक्ने जोखिम सधैँ रहन्छ। बालेनको यो निर्णयले उनी पनि अन्य परम्परागत नेताहरू झैँ राज्यका शक्तिहरूलाई एकै ठाउँमा केन्द्रित गरेर नियन्त्रणमुखी शासन सञ्चालन गर्न लालायित छन् भन्ने कुरालाई बलियो समर्थन गरेको आलोचकहरूको तर्क छ।

तथापि, प्रधानमन्त्री कार्यालय र सरकारका समर्थकहरूले भने यो कदमको प्रतिरक्षा गर्दै यसलाई समयको माग र प्रशासनिक सुधारको पाटो भएको दाबी गरेका छन्। उनीहरूको तर्क अनुसार विश्वका अधिकांश लोकतान्त्रिक तथा विकसित मुलुकहरूमा देशको मुख्य गुप्तचर वा राष्ट्रिय सुरक्षा एजेन्सी सिधै सरकार प्रमुख वा राष्ट्रपतिप्रति जवाफदेही हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ।

नेपालमा पनि राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील सूचनाहरू बिना कुनै ढिलाइ र अवरोध सिधै प्रधानमन्त्रीसम्म पुग्न सकोस् र संकटको समयमा तत्कालै कार्यकारी निर्णय लिन सजिलो होस् भन्ने उद्देश्यले मात्र यो निर्णय गरिएको उनीहरूको भनाइ छ। यसले निर्णय प्रक्रियामा हुने ढिलासुस्तीलाई अन्त्य गर्ने र राष्ट्रिय सुरक्षालाई थप सुदृढ बनाउने विश्वास सरकार पक्षको छ।

निर्णय जे-जस्तो तर्कका आधारमा गरिएको भए तापनि, यो कदमले प्रधानमन्त्री बालेन्द्र शाहको शासन गर्ने शैली र उनको राजनीतिक महत्त्वाकाङ्क्षालाई स्पष्ट रूपमा उजागर गरेको छ। सिंहदरबारभित्र आफ्नो पकड बलियो बनाउने र राज्यका सूचना संयन्त्रमाथि एकाधिकार कायम गर्ने यो प्रयासले आगामी दिनमा सरकार र प्रतिपक्षबीचको दुरी अझ बढाउन सक्ने देखिन्छ।

गुप्तचर निकायलाई प्रधानमन्त्रीको गोटी बन्न नदिई मुलुकको वास्तविक हित र सुरक्षामा कसरी परिचालन गरिन्छ र यसले प्रशासनिक संयन्त्रमा कस्तो परिणाम ल्याउँछ भन्ने कुरा भने आगामी दिनमा विभागले गर्ने कार्यसम्पादन र त्यसको निष्पक्षताले नै तय गर्नेछ।

विश्व कीर्तिमानको नयाँ उचाइ: ‘एभरेष्ट म्यान’ कामिरिता शेर्पाद्वारा ३२ औं पटक सगरमाथाको सफल आरोहणकाठमाडौं। विश्व पर्वतारो...
17/05/2026

विश्व कीर्तिमानको नयाँ उचाइ: ‘एभरेष्ट म्यान’ कामिरिता शेर्पाद्वारा ३२ औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौं। विश्व पर्वतारोहणको इतिहासमा नेपाली आरोही कामिरिता शेर्पाले फेरि अर्को एउटा अद्वितीय र ऐतिहासिक कीर्तिमान थपेका छन्।

५६ वर्षीय कीर्तिमानी आरोही कामिरिताले आज (१७ मे २०२६) बिहान ठीक १० बजेर १२ मिनेट जाँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्। उनलाई आरोहण व्यवस्थापन गराएको एजेन्सी सेभेन समिट ट्रेक्सले आधिकारिक रूपमा यस गौरवपूर्ण सफलताको पुष्टि गरेको छ।

पर्वतारोहणको क्षेत्रमा ‘एभरेष्ट म्यान’ को प्रतिष्ठित उपनामले चिनिने कामिरिताको नाममा संसारमै सबैभन्दा धेरैपटक सगरमाथाको चुचुरो चुम्ने विश्व कीर्तिमान पहिलेदेखि नै सुरक्षित थियो। आजको यो ऐतिहासिक सफलतासँगै उनले आफ्नै पुराना कीर्तिमानहरूलाई तोड्दै विश्वसामु नयाँ र अद्भूत उचाइ कायम गरेका हुन्।

सेभेन समिट ट्रेक्सले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएअनुसार ३२ औँ पटक सगरमाथाको शीर्ष विन्दुमा पाइला टेकिसकेपछि कामिरिता र उनको आरोहण टोली अहिले आधार शिविर (बेसक्याम्प) तर्फ सुरक्षित रूपमा ओर्लिने क्रममा रहेको छ। उनको सफल र सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा उनको भव्य र ऐतिहासिक राष्ट्रिय स्वागतको तयारी समेत सुरु भइसकेको छ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नो साहसिक यात्राको सुरुवात गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन्।

तीन दशक लामो यस यात्रामा उनले अनगिन्ती प्राकृतिक चुनौती, अनपेक्षित मौसम र जोखिमहरूलाई पार गर्दै नेपालको नाम विश्वभर चम्काएका छन्। उनको यो अविश्वसनीय निरन्तरता र साहसले गर्दा नै उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई समग्र विश्व पर्वतारोहण समुदायकै एउटा सर्वोत्कृष्ट र कहिल्यै नमेटिने प्रतीकको रूपमा सम्मानका साथ लिने गरिन्छ।

Address

Jhapa
57300

Telephone

+9779804913198

Website

Alerts

Be the first to know and let us send you an email when Rastra Darpan Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share